ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

नेपाल र भुटान बराबरीमा

काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आइतबार घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको छ ।

यस नतिजासँगै नेपालले छ खेलमा चार अङ्क बनायो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग नै ७–० ले हारेको थियो । त्यसपछि बङ्गलादेशसँग ३–० ले हार बेहोरेको नेपालले घरेलु टिम भुटानलाई २–१ ले पराजित गरेको थियो । सोही जित प्रतियोगितामा नेपालले एक मात्र सफलताका रूपमा रह्यो । दोस्रो चरणमा नेपालले भारतसँग ५–० र बङ्गलादेशसँग ४–१ ले हार बेहारेको थियो । अन्तिम दिन आइतबारै भएको पहिलो खेलमा बङ्गलादेशले च्याम्पियन भारतलाई ४–३ ले स्तब्ध पारेको थियो ।

चार राष्ट्र सहभागी प्रतियोगिता डबल राउन्ड रोविनका आधारमा भएको हो । भारत एक खेलअगावै सर्वाधिक १५ अङ्क बनाएर च्याम्पियन बनेको थियो । बङ्गलादेश १३ अङ्कका साथ दोस्रो र नेपाल तेस्रो स्थानमा रहे । नेपालको च्याम्पियन बन्ने होड दुई खेलअघि नै सकिसकेको थियो । घरेलु टिम भुटान दुई अङ्कसहित पुछारमा रह्यो ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपालका लागि बबिता कार्की र भुटानका लागि सोनाम याङचिनले गोल गर्नुभयो । खेलको १५ औँ मिनेटमा बबिताको गोलमार्फत नेपालले अग्रता लिएको थियो । कप्तान भूमिका बुढाथोकीको क्रसमा डिबक्सभित्र बिनानिगरानीमा रहेकी बबिताले सटिक प्रहारमार्फत गोल गर्नुभएको हो । पहिलो हाफको इन्जुरी समयमा सोनम याङचिनले बराबरी गोल गर्नुभयो । उहाँले कर्नरबाट आएको बललाई गोलपोस्टमा छिराउनुभएको हो ।

सो खेलमा प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो पटक डिफेन्डर दीक्षा रायमाझीलाई पहिलो रोजाइमा खेलाउनुभएको थियो ।

 

 

  himalayanvoice.com | १५ भाद्र २०८२, आईतवार २३:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online