ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक छ: दाहाल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

कम्युनिस्ट आन्दोलन र समाज जोडिनेतिर अगाडि बढिरहेको जिकिर गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र जति शक्तिका साथ आक्रामक ढङ्गले आफ्नो विचार अगाडि लैजान्छ अन्य पार्टीमा ध्रुवीकरण पनि त्यही स्तरमा बढ्ने र त्यसको नेतृत्व आफूहरूले गर्नुपर्ने बताउनुभयो ।

बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुन, पार्टीका सचिव तथा प्रदेश इन्चार्ज चक्रपाणि खनाल र स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको पार्टीको लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो ।

  himalayanvoice.com | १५ भाद्र २०८२, आईतवार २३:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online