ट्रेण्डिङ्ग:
|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?|फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ मा गार्डहरूले बन्दीहरूलाई कुटे र खुर्सानी छर्के – वकिल|आइटिएफ टेनिसको सेमिफाइनल समीकरण पूरा|सुनचाँदीको मूल्यमा सामान्य वृद्धि|सुरक्षा संयन्त्रको जाँचबुझ गर्न प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन|तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा|काँग्रेस कार्यबहाक सभापति खड्कालाई सातदिने स्पष्टीकरण|क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता|दीपक खड्काको मुद्धामा अनुसन्धान फाइल झिकाउने आदेश|सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ ।

आज तीन सय २३ कम्पनीको एक करोड पाँच लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ बराबरको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक घटेका छन् । बैङ्किङ शून्य दशमलव ४९, विकास बैङ्क शून्य दशमलव ३९, वित्त शून्य दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ५२, जलविद्युत् शून्य दशमलव ९६, लगानी शून्य दशमलव ७६ र जीवन बीमा समूह शून्य दशमलव ३० प्रतिशतले घटेको छ ।  उत्पादन तथा प्रशोधन शून्य दशमलव ८०, लघुवित्त शून्य दशमलव ९७, म्युचअल फन्ड शून्य दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७०, व्यापार एक दशमलव ९७ र अन्य समूह शून्य दशमलव ५३ प्रतिशतले घटेको छ ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २२ करोड ७० लाख ४५ हजार ८१४ बराबरको कारोबार भएको छ । यसैगरी, कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको पाँच लाख ६१ हजार ५१४ कित्ता सेयर किनबेच भएको छ । रासस

  himalayanvoice.com | १७ भाद्र २०८२, मंगलवार १०:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online