ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ ।

आज तीन सय २३ कम्पनीको एक करोड पाँच लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ बराबरको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक घटेका छन् । बैङ्किङ शून्य दशमलव ४९, विकास बैङ्क शून्य दशमलव ३९, वित्त शून्य दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ५२, जलविद्युत् शून्य दशमलव ९६, लगानी शून्य दशमलव ७६ र जीवन बीमा समूह शून्य दशमलव ३० प्रतिशतले घटेको छ ।  उत्पादन तथा प्रशोधन शून्य दशमलव ८०, लघुवित्त शून्य दशमलव ९७, म्युचअल फन्ड शून्य दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७०, व्यापार एक दशमलव ९७ र अन्य समूह शून्य दशमलव ५३ प्रतिशतले घटेको छ ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २२ करोड ७० लाख ४५ हजार ८१४ बराबरको कारोबार भएको छ । यसैगरी, कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको पाँच लाख ६१ हजार ५१४ कित्ता सेयर किनबेच भएको छ । रासस

  himalayanvoice.com | १७ भाद्र २०८२, मंगलवार १०:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online