ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

सङ्कटा क्लब एन्फा राष्ट्रिय महिला लिगका लागि छनोट

काठमाडौँ । एनबिएम पोखरा गर्ल्स एफसीमाथि ६–१ को सानदार जित हासिल गर्दै सङ्कटा क्लब एन्फा राष्ट्रिय महिला लिगका लागि छनोट भएको छ ।

छनोट प्रतियोगिताको समूह ‘बी’मा रहेको सङ्कटाको यो लगातार पाँचौँ जित हो । जितसँगै समूहको शीर्ष स्थानमा रहँदै सङ्कटा राष्ट्रिय लिगका लागि छनोट हुने पहिलो टोली बनेको हो ।

सङ्कटाको जितमा स्ट्राइकर पूर्णिमा राईले ह्याट्रिक गोल गरिन् । त्यस्तै अट्याकिङ मिडफिल्डर सेनु परियारको नाममा दुई गोल रह्यो । एक गोल सङ्कटाले आत्मघाती उपहार प्राप्त गर्‍यो ।

छनोट प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सिङ्गल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि प्रत्येक समूहको शीर्ष दुईमा अटाउने टोली राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ ।

सङ्कटाले आफ्नो अन्तिम खेलमा शनिवार न्यु रोड टिम (एनआरटी)को सामना गर्नेछ ।

  himalayanvoice.com | १७ भाद्र २०८२, मंगलवार १०:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online