ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

नेपोभिट अन्तर्राष्ट्रिय महिला फुटबल सिमरामा हुने

बारा । बाराको सिमरा रङ्गशाला भोलि भदौ २१ गतेदेखि महिला फुटबलको उत्सवले गुन्जिने भएको छ । सिमरा भेट्रान क्लबले आयोजना गर्ने नेपोभिट जीतपुर-सिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उपमहानगरपालिका मुख्य सहयोगी संस्थाका रूपमा रहनेछ । प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् । नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल सङ्घ, रौतहट जिल्ला फुटबल सङ्घ, धरान सिटी फुटबल क्लब, भारतको दार्जिलिङस्थित कुरुसङ गर्ल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लबले मैदानमा प्रतिस्पर्धा गर्नेछन् । खेलहरू रात्रि समयमा सिमरा रङ्गशालामा हुनेछन् ।

विजेता टोलीलाई ५ लाख रुपैयाँ, उपविजेतालाई २ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १०–१० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

सचिव हरि चौधरीका अनुसार उद्घाटन दिन प्रवेश निःशुल्क हुनेछ भने अन्य खेलहरूमा सामान्य टिकट दर १०० रुपैयाँ तोकिएको छ । सेमिफाइनल र फाइनल खेलका लागि टिकट दर २०० रुपैयाँ रहनेछ । टिकट बिक्रीबाट प्राप्त रकम वृद्धाश्रम लगायत सामाजिक क्षेत्रमा खर्च गरिने जानकारी क्लबले दिएको छ ।

क्लब अध्यक्ष राजकपुर राउतका अनुसार चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको क्लबले यस पटक महिला फुटबलको विकासलाई लक्षित गर्दै पहिलो पटक महिला प्रतियोगिता सुरु गरेको हो । उहाँले प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै यस वर्षको अनुमानित खर्च करिब ५२ लाख रुपैयाँ हुने अनुमान गरिएको बताउनुभयो ।

  himalayanvoice.com | २० भाद्र २०८२, शुक्रबार २३:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online