ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

खसीबोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलक्षित एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा खरिदबिक्री गर्ने तयारी गरेको छ । 

दसैँमा बजारमा खसीबोकाको मूल्य बढ्ने हुँदा बजार हस्तक्षेप गर्नका लागि कम्पनीले एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा बिक्री गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी माधव मिश्रले चाडपर्वमा उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउनका लागि खसीबोका खरिदबिक्री गर्न लागिएको जानकारी दिनुभयो । खसीबोका खरिद गर्नका लागि पाँच करोड रुपियाँ छुट्याएको उहाँले जानकारी दिनुभयो । खसीबोका र च्याङ्ग्राका लागि अनलाइन बुकिङ खुला गरिसकेको र माग बढी आए सङ्ख्या बढाउन सकिने उहाँले जानकारी दिनुभयो ।

मुस्ताङबाट च्याङ्ग्रा र नवलपुर, हेटौँडा र दाङबाट खसीबोका खरिद गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । घटस्थापनाको दिनमा काठमाडौँमा खसीबोका र च्याङ्ग्रा भित्र्याउने तयारी गरिएको कम्पनीले जनाएको छ । दसैँका बेला उपत्यकामा ठुलो सङ्ख्यामा खपत हुने र निजी व्यापारीले मनपरी मूल्य लिने हुँदा बजार हस्तक्षेप गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका खरिद गरी वितरण गर्दै आएको छ ।

अनलाइन बुक गर्न खसीबोकाका लागि चार हजार रुपियाँ र च्याङ्ग्राका लागि पाँच हजार रुपियाँ अग्रिम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

भदौ ३० सम्म अनलाइन बुकिङ खुला गरिएको जनाइएको छ । कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसीबोका र च्याङ्ग्रा छनोट गर्न सक्ने छन् । बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।  खसीबोका र च्याङ्ग्राको अन्तिम मूल्य भने तौलका आधारमा निर्धारण गरिने छ । कम्पनीले २० देखि २५ किलो, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० किलो तौल समूहमा खसीबोका छनोट गर्ने विकल्प अनलाइनमा राखेको छ । अन्तिम बिक्री मूल्य तौल अनुसार तय गरिने र भुक्तानी गरिएको अग्रिम रकम कुल बिलबाट घटाइने छ ।

बुकिङ गरिएका खसीबोका र च्याङ्ग्रा घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिने छ । अनलाइन बुकिङ गर्दा नै उपभोक्ताले आफूलाई पायक पर्ने र सहज हुने मिति छनोट गर्न सक्ने छन् । बुकिङ र भुक्तानी प्रक्रिया पूरा भएपछि उपभोक्तालाई एसएमएसमार्फत एउटा कोड र पशु बुझिलिन आउने मितिसहित जानकारी पठाइने छ । कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० रुपियाँ छुट दिइने जनाइएको छ ।

 

  himalayanvoice.com | २२ भाद्र २०८२, आईतवार २२:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online