ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

सामाजिक सञ्जालबारे मध्यमार्गी उपाय निकाल्नुपर्ने

काठमाडौँ । नेपाली कांग्रेसले २६ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णयका सन्दर्भमा मध्यमार्गी उपाय खोज्न माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले सामाजिक सञ्जाल बन्द भएपछि उत्पन्न परिस्थिति सहज बनाउन तत्काल उपयुक्त उपाय खोज्न माग गरेको हो । 

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, “यसबारे कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । मध्यमार्गी उपाय निकाल्नु पर्छ । सेवाप्रदायक पनि देशको कानुनी दायरामा आउनु पर्छ । सेवाग्राहीलाई तत्कालै उत्पन्न असहजलाई सहज बनाउन सरकार अग्रसर हुनु पर्छ ।” उहाँले बैठकमा सरकारले सामाजिक सञ्जाल निष्क्रिय गरेको सन्दर्भमा छलफल भएको, कुनै पनि सेवाप्रदायकले जुन देशमा सेवा प्रदान गर्नुपर्ने र त्यो देशको सार्वभौमिकता, स्वाधीनता, कानुनबमोजिम चल्नुपर्ने निष्कर्ष आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनु पर्छ । ल्याउने प्रक्रिया विगतमा भएन । अहिले गर्दा जनतामाझ आकस्मिक रूपमा असहज भयो । यस सन्दर्भमा हामीले छलफल गरेका छौँ । सरकारले चाँडै एउटा निष्कर्ष दिनु पर्छ ।” सरकारले फेसबुक, म्यासेन्जर, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेको छ । सरकारले सामाजिक सञ्जाल सञ्चालकलाई सूचीकरणका लागि आउन पनि भनेको छ ।

कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णयपछि कांग्रेसले मनाङ प्रदेश सभा क्षेत्र नं. २ मा कात्तिक १७ गते हुने उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । साथै बैठकले निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारलाई पत्र दिने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ । नेता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई मनाङको उपनिर्वाचन प्रयोजनका लागि दल गर्दा गर्ने अख्तियारी दिइएको थियो । मनाङ प्रदेश सभा क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सभा सदस्य राजीव गुरुङ पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।

  himalayanvoice.com | २२ भाद्र २०८२, आईतवार २२:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online