ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

गृहमन्त्री रमेश लेखकद्वारा पदबाट राजिनामा : घटनाबारे अनुसन्धान गर्न छानविन समिति गठन सरकारका प्रवक्ता गुरुङले अरु मन्त्रीहरुको राजिनामा नआउने तर घटनाबारे सत्यतथ्य छानविन समितिमार्फत बाहिर ल्याउने बताए ।

काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे छानविन समिति गठन गरी अवस्थाबारे जनतालाई जानकारी गराउने निर्णय भएको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकबारे पत्रकारलाई जानकारी गराउँदै मन्त्रि गुरुङले सो कुरा बताएका हुन् । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिनुभएको पनि उनले जानकारी दिए ।

सरकारका प्रवक्ता गुरुङले अरु मन्त्रीहरुको राजिनामा नआउने तर घटनाबारे सत्यतथ्य कुरा छानविन समितिमार्फत बाहिर ल्याउने बताए । सरकारले सामाजिक सञ्जालको नियमन गर्नेगरी सूचीकरणका लागि प्रयास गरेको भए पनि त्यसको गलत अर्थ लगाइएको उनले आरोप थियो । सामाजिक सञ्जाललाई बहाना बनाएर जुन घटना घट्यो यो दुःखद छ भन्दै उनले मृतकहरुका परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको बताए ।

  himalayanvoice.com | २३ भाद्र २०८२, सोमबार १५:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online