ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

गृहमन्त्री रमेश लेखकद्वारा पदबाट राजिनामा : घटनाबारे अनुसन्धान गर्न छानविन समिति गठन सरकारका प्रवक्ता गुरुङले अरु मन्त्रीहरुको राजिनामा नआउने तर घटनाबारे सत्यतथ्य छानविन समितिमार्फत बाहिर ल्याउने बताए ।

काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे छानविन समिति गठन गरी अवस्थाबारे जनतालाई जानकारी गराउने निर्णय भएको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकबारे पत्रकारलाई जानकारी गराउँदै मन्त्रि गुरुङले सो कुरा बताएका हुन् । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिनुभएको पनि उनले जानकारी दिए ।

सरकारका प्रवक्ता गुरुङले अरु मन्त्रीहरुको राजिनामा नआउने तर घटनाबारे सत्यतथ्य कुरा छानविन समितिमार्फत बाहिर ल्याउने बताए । सरकारले सामाजिक सञ्जालको नियमन गर्नेगरी सूचीकरणका लागि प्रयास गरेको भए पनि त्यसको गलत अर्थ लगाइएको उनले आरोप थियो । सामाजिक सञ्जाललाई बहाना बनाएर जुन घटना घट्यो यो दुःखद छ भन्दै उनले मृतकहरुका परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको बताए ।

  himalayanvoice.com | २३ भाद्र २०८२, सोमबार १५:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online