ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

सामाजिक सञ्जाल खोल्न कांग्रेसको आग्रह, क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले संस्थागत निर्णयमार्फत सामाजिक सञ्जाल खोल्न सरकारसँग आग्रह गरेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो आग्रह गरेको हो ।

मुख्य सचिव पौडेलका अनुसार बैठकले सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको र सयौं घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । बैठकले निधन भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

त्यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था तत्काल सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको जानकारी पनि पौडेलले दिनुभयो ।

  himalayanvoice.com | २३ भाद्र २०८२, सोमबार १५:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online