ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सामाजिक सञ्जाल खोल्न कांग्रेसको आग्रह, क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले संस्थागत निर्णयमार्फत सामाजिक सञ्जाल खोल्न सरकारसँग आग्रह गरेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो आग्रह गरेको हो ।

मुख्य सचिव पौडेलका अनुसार बैठकले सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको र सयौं घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । बैठकले निधन भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

त्यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था तत्काल सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको जानकारी पनि पौडेलले दिनुभयो ।

  himalayanvoice.com | २३ भाद्र २०८२, सोमबार १५:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online