ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

पोखराका मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी

लेखनाथ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माबाट जारी आदेश मङ्गबार बिहान १० बजेबाट राति १० बजेसम्म जारी रहनेछ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कास्कीको पोखरा महानगरपालिकाभित्र मुख्य क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ ।

पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोकस्थित चाइना पुलदेखि पृथ्वीचोक, पुरानो एयरपोर्ट हुँदै विरौटा चोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, नदीपुर हुँदै केआई सिंह पुलसम्मको क्षेत्र कर्फ्यू आदेश जारी भएको छ ।

पश्चिमतर्फ पोखरा महानगरपालिका वडा नं २ स्थित बाग्लुङ बसपार्कदेखि जिरो किमी हुँदै हल्लनचोकसम्म, उत्तरतर्फ पृथ्वीनारायण क्याम्पस गेटदेखि ट्याक्सीचोक हुँदै बाग्लुङ बसपार्कसम्म र दक्षिणतर्फ पोखरा ६ स्थित हल्लनचोकदेखि राष्ट्रबैंक चोक हुँदै विरौटासम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ ।

सोमबार पोखरामा भएको जेनजीको प्रदर्शनमा चार जना घाइते भएका थिए भने २९ जना पक्राउ परेका थिए ।

  himalayanvoice.com | २४ भाद्र २०८२, मंगलवार ००:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online