ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

भ्रामक समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह

काठमाडौं । विद्यमान परिस्थितिलाई लिएर नेपाली सेनासम्बन्धी विभिन्न प्रकारका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको अवस्थामा नेपाली सेनाले आफूले गर्ने गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ ।

सेनाले भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनासम्बन्धी कुनै पनि जानकारीका लागि आधिकारिक स्रोतलाई मात्र आधार बनाउन सम्पूर्णलाई अनुरोध गर्दछौँ।”

साथै, सेनासम्बन्धी सूचना आदान–प्रदानका लागि सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने र स्थानीय तहमा तोकिएका पृतना हेडक्वार्टरहरूसँग पनि समन्वय गर्न सकिने जानकारी दिइएको छ ।

  himalayanvoice.com | २७ भाद्र २०८२, शुक्रबार ००:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online