मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज लिला तिवारी पौडेलले चुमिन

मेलबर्न ।  मिसेस नेपाल अस्ट्रेलिया २०२५ को पहिलो संस्करणमा ब्युटी विथ ब्रेनकि पर्याय लिला तिवारी पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज चुमेकी छिन् । २०२५ सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमामा आयोजित प्रतियोगितको भव्य फाइनल समारोहमा लिलाले “एलीगेन्ट वाक” उपाधि, १,००० अस्ट्रेलियन डलरको नगद पुरस्कार समेत प्राप्त गरेकी छिन ।

फर्स्ट रनर–अपको उपाधि सिवानी कट्टेलले हात परेकी छिन् । उनले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन । उनले ६०० अस्ट्रेलियन डलर नगद र ३० तीस हजार रुपियाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन ।

सेकेन्ड रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन । उनलाई ४०० अस्ट्रेलियन डल प्रदान गरिएको थियो ।

नेपालको बुटवल निवासी लिला तिवारी पौडेल हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्छिन । उनि पेशाले नर्स हुन् र आफ्नो पेशाप्रति गहिरो रुचि राख्छिन ।

यस प्रतियोगिताको पहिलो संस्करणमा अस्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए । यो मात्र सौन्दर्य प्रतियोगिता नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति, परम्परा र प्रतिभाको उत्सव पनि थियो ।

प्रतियोगीहरूलाई विभिन्न उपाधिहरू मार्फत् उनीहरूको उत्कृष्टतालाई सम्मान गरिएको थियो ।

आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति साहुखलले सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी, सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड उपाधि हासिल गरेका छन् ।

यसै गरि जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि हासिल गरेका छन् ।

कार्यक्रमलाई नेपालका चर्चित कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले संयोजन र सञ्चालन गरेका थिए । यस प्रतियोगितालाई हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाले आयोजना गरेको हो।

कार्यक्रमलाई मिरेकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेको थियो भने ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशनले पावरबाई गरेको थियो ।

सौन्दर्य र ग्ल्यामरसँगै यस प्रतियोगिताले विवाहित नेपाली महिलाहरूलाई नेतृत्व, संचार क्षमता र व्यक्तिगत विकासमा प्रोत्साहित गर्ने उद्धेश्य राखिएको थियो ।

कार्यक्रमलाई सिजन मिडियाले व्यवस्थापन गरेको थियो। निर्णायक मण्डलमा चर्चित कलाकार तथा मोडल प्रकृति श्रेष्ठ, मिस नेपाल अर्थ २०११ अनुपमा अरा गुरुङ, एथ्रीके सोलुसनका एमडी विनोद कुवर, मिरेकल माइग्रेशन एण्ड एजुकेशनका निर्देशक सागर शाही, तथा ग्रेस इन्टरनेशनलका निर्देशक प्रकाश रेग्मी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×