ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

कांग्रेस नेताहरू विशेष महाधिवेशन माग राख्दै हस्ताक्षर अभियानमा “वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकारसमेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन गर्ने सम्भावना क्षीण बन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिमा रहेको वैधानिक अधिकार उपयोग गर्दै तयारीमा लाग्ने सङ्कल्प लिएका छौँ ।”

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशन माग राख्दै हस्ताक्षर अभियान प्रारम्भ गरेका छन् । कांग्रेस नेताहरूले हस्ताक्षर अभियान प्रारम्भ गर्दै इतिहासको संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकाल्न विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका हुन् । 

कांग्रेसका १०९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन प्रक्रिया थाल्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । विषम परिस्थिति र सङ्कटबाट नेपाली कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समिति मात्र होइन, हाम्रो पनि उत्तिकै दायित्व हो ।”

विज्ञप्तिमा पार्टीको अवस्था र नेतृत्वमाथि उठेका विभिन्न प्रश्न निरूपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशन आवश्यकता महसुस गरिएको प्रस्ट पारिएको छ । विज्ञप्तिमा भनिएको छ, “वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकारसमेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन गर्ने सम्भावना क्षीण बन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिमा रहेको वैधानिक अधिकार उपयोग गर्दै तयारीमा लाग्ने सङ्कल्प लिएका छौँ ।”

विज्ञप्तिमार्फत नेताहरूले भदौ २३ र २४ गते जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै घटनाको छानबिन गरी दोषीलाई कारबाही माग पनि गरिएको छ ।

विज्ञप्तिमा नेताहरू कोसी प्रदेशमा सभापतिमा पराजित गुरुराज घिमिरे, युवा नेता देवराज चालिसे, तारानाथ दाहाल, पूर्वसांसद रीता शाही, बिमला नेपाली, रुद्र कन्दङ्वालगायतले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रस्ताव गर्नुभएको थियो । तर बैठकमा उहाँहरू अल्पमतमा पर्नुभयो ।

  himalayanvoice.com | ८ आश्विन २०८२, बुधबार ००:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online