ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न कोष स्थापना

काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को असोज ५ को निर्णयबाट भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यको लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरिएको अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन उद्देश्यले कोष खडा गरिएको सह–सचिव एवं प्रवक्ता टङ्क प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुन नेपाल सरकारले सबैमा आह्वान गरेको छ ।

यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन÷खर्च कट्टी गर्न पाइने छ ।

राष्ट्रिय वाणिज्य बैङ्क, सिंहदरबार शाखामा रहेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को खाता नं १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

  himalayanvoice.com | ८ आश्विन २०८२, बुधबार १०:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online