ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

रियल म्याड्रिडको स्पेनिस ला लिगामा छैटौँ  जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार छैटौँ जित निकालेको छ ।

जितको लय जारी राखेको रियलले मङ्गलबार राति भएको खेलमा लिभान्तेलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

रियलको जितमा स्टार स्ट्राईकर केलियन एमबाप्पेले ६४औँ र ६६औँ मिनेटमा दुई गोल गर्नुभयो । यसअघि भिनिसियस जुनियरले २८औँ र फ्रान्को मस्तन्टुओनोले ३८औँ मिनेटमा गोल गर्नुभएको थियो । लिभान्तेका लागि इटा इयोङ्गले ५४औँ मिनेटमा सान्त्वना गोल गर्नुभएको थियो ।

जितसँगै शीर्षस्थानमा रहेको रियालले ६ खेलमा १८ अङ्क बनाएको छ । पराजित लिभान्ते समान खेलबाट चार अङ्क जोड्दै १६औँ स्थानमा छ । अर्को खेलमा भिल्लारियलले सेभियालाई उसैको मैदानमा २–१ गोलले हरायो ।

  himalayanvoice.com | ८ आश्विन २०८२, बुधबार १०:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online