ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

रियल म्याड्रिडको स्पेनिस ला लिगामा छैटौँ  जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार छैटौँ जित निकालेको छ ।

जितको लय जारी राखेको रियलले मङ्गलबार राति भएको खेलमा लिभान्तेलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

रियलको जितमा स्टार स्ट्राईकर केलियन एमबाप्पेले ६४औँ र ६६औँ मिनेटमा दुई गोल गर्नुभयो । यसअघि भिनिसियस जुनियरले २८औँ र फ्रान्को मस्तन्टुओनोले ३८औँ मिनेटमा गोल गर्नुभएको थियो । लिभान्तेका लागि इटा इयोङ्गले ५४औँ मिनेटमा सान्त्वना गोल गर्नुभएको थियो ।

जितसँगै शीर्षस्थानमा रहेको रियालले ६ खेलमा १८ अङ्क बनाएको छ । पराजित लिभान्ते समान खेलबाट चार अङ्क जोड्दै १६औँ स्थानमा छ । अर्को खेलमा भिल्लारियलले सेभियालाई उसैको मैदानमा २–१ गोलले हरायो ।

  himalayanvoice.com | ८ आश्विन २०८२, बुधबार १०:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online