ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

तुइन खोलाको पहिरो पन्छाइयो : मुग्लिन सडकखण्ड सञ्चालन पहिरोका कारण केही समयसम्म रोकिएको सडक अवरुद्ध हटाएपछि गाडी सहज रूपमा गुड्न थालेका छन्।

काठमाडौँ । मंगलबार साँझ अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५, तुइँखोलामा गएको पहिरोका कारण अवरुद्ध भएको सवारी आवागमन करिब दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण सडकमा थुप्रिएको माटो र ढुंगा हटाएपछि दुईतर्फी सवारी आवागमन सुचारु गरिएको हो।

पहिरोका कारण केही समयसम्म रोकिएको सडक अवरुद्ध हटाएपछि गाडी सहज रूपमा गुड्न थालेका छन्।

पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दैआएका छन् ।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार १८:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online