ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

टेस्ट राष्ट्रविरुद्ध नेपालले जित्यो ऐतिहासिक टी-२० सिरिज फाइलनमा पराजित भएसँगै नेपालले सिजिमा ‘क्लीन स्वीप’ गर्ने अवसर गुमाएको छ।

काठमाडौँ । नेपालले विश्व विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज जितेको छ। टेस्ट राष्ट्रविरुद्धको सिरिज पहिलो पटक जितेर नेपालले इतिहास रचेको छ। तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो। सिरिजका दुई खेलमा लगातार विजयी भएको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग पराजित भएको छ।

एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारेको नेपालले फाइनल गुमाएको हो। सयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदान सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो।

फाइनलमा १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १० विकेटको जित निकालेको छ। १२ ओभर दुई बलमा ओभरमा १२३ रनको लक्ष्य भेट्टाउँदै वेस्ट इन्डिजले सिरजिको अन्तिम खेलमा सान्त्वना जित निकालेको हो।

पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले युनिटी कप टी-२० सिरिज एक खेल अगाडि नै उचालेको हो। फाइलनमा पराजित भएसँगै नेपालले सिजिमा ‘क्लीन स्वीप’ गर्ने अवसर गुमाएको छ। वेस्ट इन्डिजसँग सिरिज खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको हो। यो सिरिजका तीनै खेलमा सन्दीप लामिछाने सहभागी भएनन्।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार १९:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online