ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

जेनजी आन्दोलनका सहिदको घरमा प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुसँग आज घरमै पुगेर भेटघाट तथा सान्त्वना दिनुभएको छ । सहिद परिवारका सदस्यको घरमै गएर उहाँहरुसँग भेट गर्नुभएको हो ।

काठमाडौं महानगरपालिका -१६, वनस्थलीस्थि सौरभकुमार श्रेष्ठ, नागार्जुन -३, स्वयम्भुस्थित कान्छी नगरकोटी र कीर्तिपुर -२, मैत्रीनगरस्थित बुद्धिबहादुर तामाङको घरमा पुगेर प्रधानमन्त्री कार्कीले परिवारका सदस्यहरुसँग भेट गरी सान्त्वना दिनुभएको छ । भेटको क्रममा उहाँले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको सपना पूरा गर्न आफूहरु लागिपरेको र सपनालाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सहिद परिवारका सदस्यको समस्या रेखदेखमा सरकारले ख्याल गर्ने भन्नुहुँदै उहाँले कुनै समस्या परे सरकारलाई खवर गर्न समेत आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले समेत मृतकका परिवारका सदस्यहरुसँग भेट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । थियो । परिवारका सदस्यहरुले प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेललाई आफ्नो समस्याबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री स्वयम् घरमै आएर समस्याबारे जानकारी लिनुभएपछि परिवारका सदस्यहरुले केही राहत महुशस भएको बताएका छन् । सरकार भएको अनुभूति आफूहरुलाई भएको परिवारका सदस्यहरुको प्रतिक्रिया रहेको छ ।

गत भदौ २३ र २४ गते देशव्यापी भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । संयौं घाइते भएका थिए । अझै केही घाइतेहरुको उपचार अस्पतालमा जारी छ ।

  himalayanvoice.com | १६ आश्विन २०८२, बिहीबार ११:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online