ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

जेनजी आन्दोलनका सहिदको घरमा प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुसँग आज घरमै पुगेर भेटघाट तथा सान्त्वना दिनुभएको छ । सहिद परिवारका सदस्यको घरमै गएर उहाँहरुसँग भेट गर्नुभएको हो ।

काठमाडौं महानगरपालिका -१६, वनस्थलीस्थि सौरभकुमार श्रेष्ठ, नागार्जुन -३, स्वयम्भुस्थित कान्छी नगरकोटी र कीर्तिपुर -२, मैत्रीनगरस्थित बुद्धिबहादुर तामाङको घरमा पुगेर प्रधानमन्त्री कार्कीले परिवारका सदस्यहरुसँग भेट गरी सान्त्वना दिनुभएको छ । भेटको क्रममा उहाँले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदको सपना पूरा गर्न आफूहरु लागिपरेको र सपनालाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सहिद परिवारका सदस्यको समस्या रेखदेखमा सरकारले ख्याल गर्ने भन्नुहुँदै उहाँले कुनै समस्या परे सरकारलाई खवर गर्न समेत आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले समेत मृतकका परिवारका सदस्यहरुसँग भेट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । थियो । परिवारका सदस्यहरुले प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेललाई आफ्नो समस्याबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री स्वयम् घरमै आएर समस्याबारे जानकारी लिनुभएपछि परिवारका सदस्यहरुले केही राहत महुशस भएको बताएका छन् । सरकार भएको अनुभूति आफूहरुलाई भएको परिवारका सदस्यहरुको प्रतिक्रिया रहेको छ ।

गत भदौ २३ र २४ गते देशव्यापी भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । संयौं घाइते भएका थिए । अझै केही घाइतेहरुको उपचार अस्पतालमा जारी छ ।

  himalayanvoice.com | १६ आश्विन २०८२, बिहीबार ११:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online