ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

भारी वर्षाको कारण असोज १९ र २० गते देशभर सार्वजनिक बिदा गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र आगामी दुई दिन अझै ठूलो मात्रामा वर्षा हुन सक्ने पूर्वानुमान भएकाले विपद् जोखिम न्यूनीकरणका दृष्टिले सावधानी अपनाउन अनुरोध गरिएको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा नेपाल सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र आगामी दुई दिन अझै ठूलो मात्रामा वर्षा हुन सक्ने पूर्वानुमान भएकाले विपद् जोखिम न्यूनीकरणका दृष्टिले सावधानी अपनाउन अनुरोध गरिएको छ।

वर्षाका कारण वाढी, डुवान, भू–क्षयलगायतका जोखिम बढ्न सक्ने, साथै सडक र हवाई यातायात प्रभावित हुने सम्भावना रहेको सूचनामा उल्लेख छ।

  himalayanvoice.com | १८ आश्विन २०८२, शनिबार १०:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online