ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

भारी वर्षाको कारण असोज १९ र २० गते देशभर सार्वजनिक बिदा गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र आगामी दुई दिन अझै ठूलो मात्रामा वर्षा हुन सक्ने पूर्वानुमान भएकाले विपद् जोखिम न्यूनीकरणका दृष्टिले सावधानी अपनाउन अनुरोध गरिएको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा नेपाल सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र आगामी दुई दिन अझै ठूलो मात्रामा वर्षा हुन सक्ने पूर्वानुमान भएकाले विपद् जोखिम न्यूनीकरणका दृष्टिले सावधानी अपनाउन अनुरोध गरिएको छ।

वर्षाका कारण वाढी, डुवान, भू–क्षयलगायतका जोखिम बढ्न सक्ने, साथै सडक र हवाई यातायात प्रभावित हुने सम्भावना रहेको सूचनामा उल्लेख छ।

  himalayanvoice.com | १८ आश्विन २०८२, शनिबार १०:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online