ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

हावाहुरी, चट्याङ सहितको अविरल वर्षाबाट मध्य तराईको जनजीवन प्रभावित

वीरगञ्ज । बिगत २४ घण्टादेखि हावाहुरी चट्याङ सहितको अविरल वर्षाले वीरगन्ज सहित मध्य तराईको बारा, पर्सा, रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ ।

२४ घण्टा देखि निरन्तर जारी वर्षा यस क्षेत्रमा सबैभन्दा बढी मापन समेत भएको छ । वीरगन्ज सहित बारा, पर्सा रौतहटमा २०० मिलिमिटर भन्दा बढी वर्षा भएपछि डुबान तथा नदी कटानका कारण यस क्षेत्रमा जनजीवन प्रभावित भएको हो ।

वीरगन्जको रेल्वे सडक खण्ड, बसपार्क क्षेत्र, रामटोल, आदर्शनगर, छपकैया, रानीघाट, मुर्ली लक्ष्मनवा लगायतका क्षेत्रमा वर्षाको पानी निकास नहुँदा झण्डै एक हजार घर डुबानमा परेका छन् ।

त्यसैगरी वीरगन्ज भएर बग्ने सिर्सीया नदी, तिलावे नदी लगायतमा बाढी आएको कारण नदी आसपासको क्षेत्रमा डुबान तथा बाढीले जनजीवन प्रभावित भएको छ । बाढी तथा डुबान प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको भएपनि लगातारको वर्षाले उद्धार कार्यमा कठिनाइ भएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभयो ।

त्यसैगरी पर्साको ग्रामीण क्षेत्रमा समेत बाढी नदी कटान तथा डुबानले जनजीवन प्रभावित भएको छ ।

पर्साको ठोरी गाउँपालिकामा ठुटे, ढेडु, सरस्वती, झिँगे खोलामा आएको बाढीले डुबान तथा नदी कटान गरेर क्षति पुर्याएको स्थानीय राम प्रकाश कुँवरले बताउनुभयो ।

यता वीरगञ्ज महानगरपालिका क्षेत्रमा हिजोदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएपछि महानगरपालिकाको कार्यालयले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

वीरगञ्जको भेडाहा खोला, तिलावे नदी र सिर्सिया नदीमा बाढी आएसँगै डुबानको जोखिम बढेपछि महानगरपालिकाले आज साँझ देखि नगर प्रहरी, विपद् व्यवस्थापन, स्वास्थ्य, विद्युत् र सरसफाइ टोलीलाई तयारी अवस्थामा राखेको छ ।

विपद् व्यवस्थापन र उद्धारका लागि महानगरपालिकाले आपत्कालीन सम्पर्क नम्बरहरू उपलब्ध समेत गराएको छ । नगर प्रहरीका लागि आसिक मियाँ (९८०४२७७०५५), विपद् व्यवस्थापनका लागि विभा मिश्र (९८४५०९५१२१), पानी निकासका लागि सर्फुदिन मिया (९८१६२८५००५), विद्युत् व्यवस्थापनका लागि राजीव उपाध्याय (९८४९०३५७१५) र स्वास्थ्य सेवाका लागि राजु प्रसाद साह (९८४५३३१३८१) लाई सम्पर्क गर्न नगरबासीलाई आग्रह गरेको छ ।

महानगरपालिकाले सम्भावित विपद्बाट जोगिन नागरिकहरूलाई अविरल वर्षा जारी रहेको हुँदा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, नदी, खोला, नाली र पानी जम्ने स्थानहरूको नजिक नजान, बालबालिका, वृद्ध र अपाङ्ग व्यक्तिहरूको विशेष हेरचाह गर्न, विद्युत् र सञ्चार उपकरणहरू सुरक्षित स्थानमा राख्न र आपत्कालीन अवस्थामा तुरुन्त सम्पर्क गर्न अनुरोध समेत गरेको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

  himalayanvoice.com | १८ आश्विन २०८२, शनिबार १०:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online