ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सेनाको हेलिकाेप्टरबाट चार जना गर्भवतीकाे उद्धार शनिबार रातीको बाढी पहिरोमा परी इलाममा ३७ जनाको ज्यान गएको थियो ।

इलाम । इलाममा बाढी पहिरोमा फसेर पैदल मार्गबाट उद्धार गर्न नसकिएका व्यक्तिको आज बिहानैदेखि नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिरहेको छ ।

इलाम जिल्ला माइजोगमाई गा.पा. ५ शिरसिरेबाट विद्या राई, इलाम जिल्ला सन्दकपुर गा.पा. १ छाँगेबाट कमलादेवी राई, पाँचथर जिल्ला फिदिम न.पा. १२ पुल भञ्‍याङ्गबाट २४ वर्ष वर्षीया लिम्सा लिम्बु र संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा ३ हुङगुङबाट ४२ वर्षीया छिटेक भोटे गरी जम्मा चार जना गर्भवती महिलाहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी बि.एण्ड.सि. अस्पताल झापा र कोशी प्रादेशिक अस्पताल विराटनगर लगिएकाे हाे ।

यसअघि इलामको माबुवाट ४ जनालाई आजै बिहान हेलिकाेप्टरमार्फत उद्धार गरिएको थियो । सडक मार्गबाट उद्धार गर्न नसकिएपछि हेलिकाेप्टरमार्फत् उद्धार गरिएको गडिथुम्कास्थित नेपाली सेनाको रणशार्दूल गणका प्रमुख प्रल्हाद घलेले जानकारी दिनुभयो ।

जिल्लााभर आज पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोज अभियान, उद्धार र राहतका लागि काम गरिरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले जानकारी दिनुभयो ।

शनिबार रातीको बाढी पहिरोमा परी इलाममा ३७ जनाको ज्यान गएको थियो ।

  himalayanvoice.com | २० आश्विन २०८२, सोमबार ०८:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online