ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सेनाको हेलिकाेप्टरबाट चार जना गर्भवतीकाे उद्धार शनिबार रातीको बाढी पहिरोमा परी इलाममा ३७ जनाको ज्यान गएको थियो ।

इलाम । इलाममा बाढी पहिरोमा फसेर पैदल मार्गबाट उद्धार गर्न नसकिएका व्यक्तिको आज बिहानैदेखि नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिरहेको छ ।

इलाम जिल्ला माइजोगमाई गा.पा. ५ शिरसिरेबाट विद्या राई, इलाम जिल्ला सन्दकपुर गा.पा. १ छाँगेबाट कमलादेवी राई, पाँचथर जिल्ला फिदिम न.पा. १२ पुल भञ्‍याङ्गबाट २४ वर्ष वर्षीया लिम्सा लिम्बु र संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा ३ हुङगुङबाट ४२ वर्षीया छिटेक भोटे गरी जम्मा चार जना गर्भवती महिलाहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी बि.एण्ड.सि. अस्पताल झापा र कोशी प्रादेशिक अस्पताल विराटनगर लगिएकाे हाे ।

यसअघि इलामको माबुवाट ४ जनालाई आजै बिहान हेलिकाेप्टरमार्फत उद्धार गरिएको थियो । सडक मार्गबाट उद्धार गर्न नसकिएपछि हेलिकाेप्टरमार्फत् उद्धार गरिएको गडिथुम्कास्थित नेपाली सेनाको रणशार्दूल गणका प्रमुख प्रल्हाद घलेले जानकारी दिनुभयो ।

जिल्लााभर आज पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोज अभियान, उद्धार र राहतका लागि काम गरिरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले जानकारी दिनुभयो ।

शनिबार रातीको बाढी पहिरोमा परी इलाममा ३७ जनाको ज्यान गएको थियो ।

  himalayanvoice.com | २० आश्विन २०८२, सोमबार ०८:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online