ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

असोज ३० गते राजनीतिक दलसँग छलफल गर्दै आयोग ‘‘नयाँ आउने दललाई हामीले २०८२ साल कात्तिक मसान्त अगावै निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्छ । फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्छ ।’’ 

काठमाडौँ । निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल गर्ने तयारी थालेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले असोज ३० गते छलफलका लागि राजनीतिक दललाई पत्र पठाइसकेको जानकारी दिनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, ‘‘निर्वाचनको तयारीका लागि आयोगले संवाद गरिराखेको छ । विभिन्न कोणबाट भइरहेका संवादको अतिरिक्त हामीले असोज ३० गते निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएको भए पनि हामीले निर्वाचन आयोगमा छलफल र राय परामर्शका लागि आह्वान गरिसकेका छौँ । हामीले पत्र पठाइसकेका छौँ ।’’

प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुन चाहनेले कात्तिक मसान्त अगावै दल दर्ता गर्नुपर्ने जानकारी दिनुभएको छ । फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । ‘‘नयाँ आउने दललाई हामीले २०८२ साल कात्तिक मसान्त अगावै निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्छ । फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्छ ।’’

आयोगमा १२२ वटा दल दर्ता भएका छन् । ‘‘अहिले आयोगमा दर्ता कायम भएका १२२ वटा दल रहेका छन् । यसका अतिरिक्त नयाँ दल दर्ता भइरहेका छन् । कात्तिक मसान्त अगाडि दर्ता भएको, प्रमाणपत्र लिएको, निर्वाचनमा आफ्नो घोषणापत्र र कार्यक्रममार्फत् सरिक हुन चाहने दलले चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।’’

प्रमुख आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि स्रोतको सुनिश्चिता हुन्छ भन्ने विश्वास सरकारले दिलाएको समेत जानकारी गराउनुभयो । उहाँले सुरक्षा निकायले चाहेमा निर्वाचनको सुरक्षा चुनौती नहुनेसमेत प्रष्ट पर्नुभएको छ ।

  himalayanvoice.com | २२ आश्विन २०८२, बुधबार १०:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online