ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसहित दलका नेताहरू छलफलमा बैठकमा नेपाली कांग्रेसतर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले) तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी हुनुहुन्छ । 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । बैठकमा २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र राजनीतिक सहकार्यका विषयमा छलफल हुँदैछ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बसेको उक्त बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीको सहभागिता रहेको छ ।

बैठकमा नेपाली कांग्रेसतर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले) तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी हुनुहुन्छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट कार्यबहाक सभापति डीपी अर्याल र सह–महामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) तर्फबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुषाल बैठकमा उपस्थित हुनुहुन्छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा। जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति, र जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी सहभागी हुनुहुन्छ ।

  himalayanvoice.com | २४ आश्विन २०८२, शुक्रबार ०९:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online