ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

निर्वाचनकाे वातावरण बनाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन मैत्री वातावरण बनाउन दलहरुलाई आग्रह गरेको छ ।

आयोगमा आज राजनीतिक दलहरुसँग छलफल गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गर्न र समयमा नै निर्वाचन सम्पन्न गर्न दललाई सक्रिय हुन आग्रह गर्नुभयो ।

छलफलमा दलहरुले तोकिएको मितिमा निर्वाचन गर्न अहिलेसम्म वातावरण बन्न नसकेको भन्दै निर्वाचनलार्ई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएका छन् ।

छलफलमा निर्वाचन मैत्री वातावरण बनाउने, मतदाता नामावलीहरुलाई अपग्रेड गर्ने, निर्वाचन आचारसंहिताहरुलाई व्यवस्थित गरी कार्यान्वयन गर्नेलगायतका विषयमा पनि छलफल भएको छ ।

छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका दलका प्रतिनिधि सहभागी हुनुुहुन्थ्यो ।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई प्रतिनिधि सभा निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएको छ ।

  himalayanvoice.com | ३० आश्विन २०८२, बिहीबार ०९:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online