ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभाको पुन:स्थापना नै उपयुक्त : एमाले

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा नेताहरूले संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभाको पुन:स्थापना नै उपयुक्त माध्यम हुनेमा जोड दिनुभएको छ ।

बैठकमा संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुनःस्थापना गरेर जानुपर्छ भन्ने कुरा उठेको भएपनि एमाले निर्वाचनबाट भाग्न नखोजेको स्पष्ट पार्दै बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिलेकै अवस्थामा भने निर्वाचनको वातावरण नबनेको बैठकमा कुराहरू आएको जानकारी दिनुभयो ।

बैठकमा नेतृत्व परिवर्तनमा केन्द्रित भएर छलफल नचलेको र यो विषय पार्टीको आगामी महाधिवेशनले नै निष्कर्षमा पुर्‍याउने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

नेकपा एमाले केन्द्रीय कमिटीको आजको बैठकमा १ सय ३४ जनाले धारणा राखेको र भोलि पनि बैठक बस्ने पुनः बस्ने नेकपा एमालेले जनाएको छ ।

  himalayanvoice.com | ३० आश्विन २०८२, बिहीबार ०९:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online