सरकारी बन्दका बीच पनि आइसद्वारा गैरकानूनी आप्रवासीहरूलाई पक्राउ जारी

वासिङ्टन । सरकार बन्दका बीच पनि अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले बिहिबार बलात्कार, बालबालिका विरुद्ध यौन अपराध र कोकेन वितरण गर्ने उद्धेश्य सहित विभिन्न अपराधमा दोषी गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गरेको घोषणा गरेको छ।

“सरकार बन्दका बीच पनि आइसले बलात्कारी, बाल यौन दुराचार गर्ने र लागूपदार्थ तस्करहरूलाई पक्राउ गर्ने अभियान निरन्तर जारि राखेका छन्,” सहायक सचिव ट्रिसिया म्याकलाघलिनले भनिन्।

आइसले दिएको जानकारी अनुसार देशभरका विभिन्न स्थानबाट बुधबार र बिहिबार पक्राउ परेका अपराधमा दोषी गैरकानूनी आप्रवासीहरूमा डार्विन गोन्जालेज-मेन्डोजा, इक्वेडर, कुआउह्तेमोक कार्डेनास-रोड्रिगेज, मेक्सिको, जुआन जोस मोरेनो-रेन्टेरिया, मेक्सिको, एडिलबर्टो रिंकन, मेक्सिको र वरिंदर सिंह, भारत रहेका छन् ।

पक्राउ परेका अपराधमा दोषी गैरकानूनी आप्रवासीहरूमा अधिकांस हिस्पानिक समुदायका सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×