ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

एमालेले प्रत्येक प्रदेशमा १/१ जना उम्मेद्वार रहनेगरी कांग्रेससँग सहकार्य गर्नेगरी छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।

बैठकले कांग्रेससँग गठबन्धनको सिट टुङ्गो लगाउने र उम्मेद्वार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

कांग्रेससँगको छलफल टुङ्गोमा नपुगेकोले थप छलफल गर्नका लागि अध्यक्ष ओलीलाई जिम्मा दिइने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो।

बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटी बनाउने निर्णय गरेको उहाँले बताउनुभयो।

  himalayanvoice.com | २२ पुष २०८२, मंगलवार १४:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online