ट्रेण्डिङ्ग:
|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध आरोप लगाउन सक्ने अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने

एकिकृत एनआरएनए निर्माण गर्ने अभियानको लागि मेरो उम्मेदवारी: राम माया थापा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा राम माया थापाले उम्मेदवारी दिएकी छिन् ।

बेलायतमा नेपाली समुदायको हितमा कार्यरत विभिन्न संघ संस्थ्माको नेतृत्व तहमा रहेर काम गर्दै आउनुभएकी थापाको नेपाल घर थाह नगरपालिका मकवानपुर रहेको छ ।

लगभग दुई दशक देखि बेलायतमा सपरिवार बसोबास गर्दै आउनु भएकी थापाको चुनावी मुद्धा ठुलो संख्यामा रहेका भूतपूर्व गोरखा र नेपाली समुदायको एकता सहित बेलायतको मुलधारमा नेपाली पहिचान सहितको सामाजिकीकरण रहेको छ ।

ठुलो संख्यामा रहेको गुरुङ्ग, मगर, लिम्बु र तामांग समुदाय सहित फरक धर्म संस्कृतिमा विस्वास गर्ने समुदाय गैरआवासीय नेपाली अभियानबाट टाढिएको अहिलेको अवस्थामा सवै समुदायलाई एकत्रित गर्नु आफ्नो मुख्य कार्यभार रहेको बताउनु भएको छ ।

थापाले जन्म सिद्ध नेपाली नागरिकताको हक खोसिएको र पैत्रिक समतिको हक खोसिएको अहिलेको अवस्थामा गैर आवाशीय नेपली नागरिकता समेत प्रभावकारी हुन नसकेको हुदा संघको नेतृत्वलाई यस तर्फ केन्द्रित गर्न आफ्नो पहल रहने बताउनु भएको छ ।

गैरआवासीय नेपाली अभियान विभाजन र कलहको मारमा परेको अहिलेको अवस्थमा एकता सहितको एउटा र साझा एनआरएनए निर्माण गर्ने अभियानमा आफ्नो उम्मेदवारी रहेको बताउदै आफुलाई मत दिन र विजयी गराउन इंग्ल्याण्ड राज्यका सवै नेपाली समुदायलाई आग्रह र अनुरोध गर्नु भएको छ ।

  himalayanvoice.com | ३ श्रावण २०८२, शुक्रबार १५:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online