ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एकिकृत एनआरएनए निर्माण गर्ने अभियानको लागि मेरो उम्मेदवारी: राम माया थापा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा राम माया थापाले उम्मेदवारी दिएकी छिन् ।

बेलायतमा नेपाली समुदायको हितमा कार्यरत विभिन्न संघ संस्थ्माको नेतृत्व तहमा रहेर काम गर्दै आउनुभएकी थापाको नेपाल घर थाह नगरपालिका मकवानपुर रहेको छ ।

लगभग दुई दशक देखि बेलायतमा सपरिवार बसोबास गर्दै आउनु भएकी थापाको चुनावी मुद्धा ठुलो संख्यामा रहेका भूतपूर्व गोरखा र नेपाली समुदायको एकता सहित बेलायतको मुलधारमा नेपाली पहिचान सहितको सामाजिकीकरण रहेको छ ।

ठुलो संख्यामा रहेको गुरुङ्ग, मगर, लिम्बु र तामांग समुदाय सहित फरक धर्म संस्कृतिमा विस्वास गर्ने समुदाय गैरआवासीय नेपाली अभियानबाट टाढिएको अहिलेको अवस्थामा सवै समुदायलाई एकत्रित गर्नु आफ्नो मुख्य कार्यभार रहेको बताउनु भएको छ ।

थापाले जन्म सिद्ध नेपाली नागरिकताको हक खोसिएको र पैत्रिक समतिको हक खोसिएको अहिलेको अवस्थामा गैर आवाशीय नेपली नागरिकता समेत प्रभावकारी हुन नसकेको हुदा संघको नेतृत्वलाई यस तर्फ केन्द्रित गर्न आफ्नो पहल रहने बताउनु भएको छ ।

गैरआवासीय नेपाली अभियान विभाजन र कलहको मारमा परेको अहिलेको अवस्थमा एकता सहितको एउटा र साझा एनआरएनए निर्माण गर्ने अभियानमा आफ्नो उम्मेदवारी रहेको बताउदै आफुलाई मत दिन र विजयी गराउन इंग्ल्याण्ड राज्यका सवै नेपाली समुदायलाई आग्रह र अनुरोध गर्नु भएको छ ।

  himalayanvoice.com | ३ श्रावण २०८२, शुक्रबार १५:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online