ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ मञ्चन

मोरङ । मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ मञ्चन गरेको छ ।

स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा गत शक्रबार सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुने छ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ ।

नाटकको नेपाली रूपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नुभएको हो । नाटकमा प्रसुना अधिकारी, करुणा तिम्सिना, भूमिका बस्नेत, रोशन मुर्मू, पुष्प राई, प्रेमप्रसाद खतिवडा, भूमिका बस्नेत, सुमन कुइकेल, छत्र राई, अशोक राई, प्रवेश खाती, ग्रिष्मा लिम्बू र प्रसुना तिम्सिनाले अभिनय गर्नुभएको छ । स्रोतसाधन र प्रविधिको अभाव भए पनि साना गाउँसहरमा नाटकलाई जीवन्त रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण ‘चरणदास चोर’ मा हेर्न सकिन्छ ।

  himalayanvoice.com | ५ भाद्र २०८२, बिहीबार ०९:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online