ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ मञ्चन

मोरङ । मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ मञ्चन गरेको छ ।

स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा गत शक्रबार सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुने छ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ ।

नाटकको नेपाली रूपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नुभएको हो । नाटकमा प्रसुना अधिकारी, करुणा तिम्सिना, भूमिका बस्नेत, रोशन मुर्मू, पुष्प राई, प्रेमप्रसाद खतिवडा, भूमिका बस्नेत, सुमन कुइकेल, छत्र राई, अशोक राई, प्रवेश खाती, ग्रिष्मा लिम्बू र प्रसुना तिम्सिनाले अभिनय गर्नुभएको छ । स्रोतसाधन र प्रविधिको अभाव भए पनि साना गाउँसहरमा नाटकलाई जीवन्त रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण ‘चरणदास चोर’ मा हेर्न सकिन्छ ।

  himalayanvoice.com | ५ भाद्र २०८२, बिहीबार ०९:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online