ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

महेन्द्र पुस्तकालयद्वारा दुई जना साहित्य साधक सम्मानित

नेपालगन्ज । अठारौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा महेन्द्र पुस्तकालय नेपालगन्जले दुई जना साहित्य साधकलाई आइतबार सम्मान गरेको छ ।

नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व प्राडा कृष्णप्रसाद घिमिरेलाई माधुरी वीरविक्रम ज्ञानमाला–३ पुरस्कार र नेपाली हास्यव्यङ्ग्य तथा साहित्यका बहुविधाका साधक प्राज्ञ उत्तमकृष्ण मजगैँयालाई माधुरी स्मृति साहित्य सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । दुवै पुरस्कारको राशि २०/२० हजार रुपियाँ रहेको थियो ।

सोही कार्यक्रममा पुस्तकालयका सर्वाधिक नियमित पाठकको सम्मान उच्च अदालतका अधिकृत मोतीप्रसाद देवकोटालाई र कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार र सान्त्वना दुई जनालाई पाँच/पाँच सय र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव वरिष्ठ कथाकार सनतकुमार रेग्मी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशिराम कार्की तथा प्राज्ञ डा. हरि तिमिल्सिनाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

  himalayanvoice.com | १७ भाद्र २०८२, मंगलवार १०:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online