ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

मेरिल्याण्डको हिन्दू–बुद्ध मन्दिरमा मनाइयो गौरा पर्व गौरा पर्वबारे लामो समयदेखि अध्ययन तथा अनुसन्धान गर्दै आएका पाण्डेयले भन्नुभयो, “यो पर्वमा शिव र गौरीको पूजाआजा गर्नाले सुख–शान्ति प्राप्त हुने र कूल–इष्टदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।”

बाल्टिमोर । नेपालको सुदूरपश्चिम क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको गौरा पर्व अमेरिकाको मेरिल्याण्ड राज्यस्थित हिन्दू–बुद्ध मन्दिरको प्राङ्गणमा धुमधामका साथ सम्पन्न भएको छ ।

गौरा पर्व समन्वय समितिका संयोजक तथा संस्कृतिविद् तीर्थराज पाण्डेयका अनुसार विधिपूर्वक विरुडा (पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्ने प्रथा) धोएर गौरा देवीको प्रतिष्ठापन गरिएको थियो । सो अवसरमा पौराणिक कथा, देवी–देवताको गाथा तथा धार्मिक ग्रन्थ गाइने परम्परा अनुसार डेउडा खेलिएको उहाँले जानकारी दिनुभयो ।


कार्यक्रममा तीन पुस्ताका नेपाली आप्रवासीले संयुक्त रूपमा डेउडा खेलेका थिए । आपसी भाईचारा र सम्बन्धलाई मजबुत बनाउन सकिने भएकाले यो पर्वलाई एकताको पर्वका रूपमा लिन सकिने सल्लाहकार भीम विकेले उल्लेख गर्नुभयो ।

गौरा पर्वबारे लामो समयदेखि अध्ययन तथा अनुसन्धान गर्दै आएका पाण्डेयले भन्नुभयो, “यो पर्वमा शिव र गौरीको पूजाआजा गर्नाले सुख–शान्ति प्राप्त हुने र कूल–इष्टदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।”

आइतबारको कार्यक्रममा नेपाली समुदायका सदस्यहरू, सेनेटर कार्ल डब्ल्यू. ज्याक्सन लगायत स्थानीय निर्वाचित प्रतिनिधिहरूसहित ठूलो सङ्ख्यामा सहभागिता थियो । अमेरिकाको राजधानी वरिपरि पछिल्ला वर्षदेखि निरन्तर मनाइँदै आएको यो पर्वले परदेशमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने तथा भावी पुस्तालाई आकर्षित गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रोफेसर, डाक्टर, इन्जिनियरलगायत उच्च बौद्धिक व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा नेपाली दूतावासका इकोनोमिक काउन्सिलर युगराज पाण्डे, विक्रम साही, हिन्दू–बुद्ध मन्दिरका अध्यक्ष डा. श्याम कार्की, संस्थापक अध्यक्ष दमनविक्रम शाह, भीम विके, जितेन्द्र गुरुङलगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । सुदूरपश्चिम मेरिल्यान्ड समाजका कार्यवाहक अध्यक्ष हरिष साउदको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

  himalayanvoice.com | १७ भाद्र २०८२, मंगलवार १०:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online