ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु

सर्लाही । सीमापारी भारतको विहार राज्य सोनवर्षा बजारमा बुधबार दिउँसो टिप्परमा मोटरसाइकल ठोक्किँदा सर्लाहीका एक युवकसहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मलङ्गवा नगरपालिका–१०, निवासी दीपेन्द्र राउतका छोरा १९ वर्षीय अजय राउत र अजयकै आफन्त भारत खुरसाहा बस्ने १९ वर्षीय सचिन राउतको मृत्यु भएको हो ।

सोनवर्षा बजारमा राउतद्वय सवार मधेश प्रदेश ०२–००८ प. ९९४२ नम्बरको मोटरसाइकल बिआर ०८ जिबी ६७१५ नम्बरको टिप्परमा गएर ठोक्किँदा दुवैको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी दिएको छ ।

चालक र टिप्पर सोनवर्षा थानामा भारतीय प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । मृतक एक जना नेपाली युवक रहे पनि घटना भारतीय भूमिमा रहेकाले आवश्यक कानुनी प्रक्रिया, पोस्टमार्टम लगायत सबै प्रक्रिया भारतमै हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताउनुभयो ।

  himalayanvoice.com | २२ आश्विन २०८२, बुधबार १३:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online