ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु

सर्लाही । सीमापारी भारतको विहार राज्य सोनवर्षा बजारमा बुधबार दिउँसो टिप्परमा मोटरसाइकल ठोक्किँदा सर्लाहीका एक युवकसहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मलङ्गवा नगरपालिका–१०, निवासी दीपेन्द्र राउतका छोरा १९ वर्षीय अजय राउत र अजयकै आफन्त भारत खुरसाहा बस्ने १९ वर्षीय सचिन राउतको मृत्यु भएको हो ।

सोनवर्षा बजारमा राउतद्वय सवार मधेश प्रदेश ०२–००८ प. ९९४२ नम्बरको मोटरसाइकल बिआर ०८ जिबी ६७१५ नम्बरको टिप्परमा गएर ठोक्किँदा दुवैको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी दिएको छ ।

चालक र टिप्पर सोनवर्षा थानामा भारतीय प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । मृतक एक जना नेपाली युवक रहे पनि घटना भारतीय भूमिमा रहेकाले आवश्यक कानुनी प्रक्रिया, पोस्टमार्टम लगायत सबै प्रक्रिया भारतमै हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताउनुभयो ।

  himalayanvoice.com | २२ आश्विन २०८२, बुधबार १३:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online