ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

रुकुम पश्चिममा जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ गम्भीर घाइते मृत्यु हुनेमा आठबिसकोट नगरपालिका –२ स्याला गाउँकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ बर्षीय टेकजंग बुढा, १७ बर्षीया दिलमाया बुढा, १७ बर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल ओली रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

रुकुम ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –७ झारमारेनजिक बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृतक सातमध्ये ६ जनाको पहिचान खुलेको छ । 

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका –२ स्याला गाउँकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ बर्षीय टेकजंग बुढा, १७ बर्षीया दिलमाया बुढा, १७ बर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल ओली रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार एक जनाको पहिचान खुलेको छैन ।

दुर्घटनामा १० जना घाइते भएका छन् । चालक टोपजंग बुढासहित ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उद्धार गरेर स्थानीय मेडिकल र जिल्ला अस्पताल सल्ले ल्याइदैगरेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।

शुक्रबार बेलुका जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदैगरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको थियो ।

क्षमताभन्दा बढी यात्रु बोकेकाले जिप दुर्घटना भएको आँकलन गरिएको छ । जिप सडकबाट सातसय मिटर तल खसेको बताइएको छ ।

  himalayanvoice.com | ८ कार्तिक २०८२, शुक्रबार १५:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online