ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले यही कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न बैठक बोलाइएको हो । 

वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने भएको छ । पार्टीका अधिकांश नेताहरूले अहिले केही कम्युनिस्टलाई पार्टी एकीकृत गर्न अगाडि सबै वामपन्थीबिच ध्रुवीकरणका लागि गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, निर्वाचन प्रक्रियामा सक्रियरूपमा लाग्न पार्टी र जनवर्गीय सङ्गठनका सबै कमिटीलाई परिचालन गर्ने बैठकले वर्तमान सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति तथा पार्टीबिच सम्वाद र सहकार्य अघि बढाउने जिम्मेवारी दिने छ ।

समाजवादी मोर्चामा आबद्ध दललगायत अन्य वामपन्थी शक्तिबीच एकताको गृहकार्य गरेको एकीकृत समाजवादीलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न आह्वान गर्नुभएको थियो ।

  himalayanvoice.com | ८ कार्तिक २०८२, शुक्रबार १४:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online