ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

काठमाडौँमा गुन्जिँदै कन्दरा

काठमाडौँ । साङ्गीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ । सो कार्यक्रम अन्तर्गत ब्यान्डले कात्तिक २८ गते ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिने छ । स्थापनाको ३२ वर्षमा कन्दरा दोस्रो पटक काठमाडौँमा गुन्जिन लागेको हो । विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौँ कलिङ कन्दरा’ कार्यक्रम गर्न लागेको हो ।

ब्यान्डका प्रमुख गायक विवेक श्रेष्ठले पत्रकार सम्मेलनमा ब्यान्डले अघि सार्न लागेको ‘रिदम अफ चेन्ज’ थिम अन्तर्गत यो कन्सर्ट हुन लागेको बताउनुभयो । उहाँका अनुसार उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तनसँग जोडिएको छ । गायक श्रेष्ठले अबको एक महिना नेपाल र त्यसपछि विदेशका विभिन्न मुलुकमा ‘रिदम अफ चेन्ज’ टुर हुने जानकारी दिनुभयो । उहाँका अनुसार ब्यान्डले अमेरिका, क्यानडा, युरोप र एसियाली मुलुकमा टुरको तयारी गरेको छ । एक्सओ क्लबमा हुने कन्सर्टमा ब्यान्डले आफ्ना हिट गीत गुन्जाउने छ । त्यससँगै बिचमा ‘रिदम अफ चेन्ज’ को सन्देश पनि सुनाइने छ । ब्यान्डले यो कन्सर्टलाई युवा पुस्तासँग जोडिने अवसरका रूपमा लिएको छ ।

ब्यान्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनील थापा, मादलमा अविनाश गायक, बासिस्टमा पङ्कज झा, गितारमा सन्देश मुजो, किबोर्डमा नील घतानी, साउन्ड इन्जिनियरमा सिमोस तझ्या र प्राविधिक विज्ञमा नवीन थापा रहनुभएको छ ।

  himalayanvoice.com | २७ कार्तिक २०८२, बुधबार १०:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online