ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउनका लागि आफूहरूले प्रदेशसभा बैठक बोलाउन माग गरेको विपक्षी दलका नेताहरूले जनाएका छन् । 

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना प्रदेशसभा सदस्यहरुले उपसभामुख बबिता राउत ईसरलाई आज ज्ञापनपत्र बुझाएका छन् । 

सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको बेलामा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उपसभामुखलाई भेटेर प्रदेशसभाको बैठक बोलाउन माग गरेका हुन् ।

विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षर सहित उपसभामुख राउतलाई माग पत्र हस्तान्तरण गर्दै पर्सी ३ गते बुधवार प्रदेश सभाको बैठक बोलाउनका लागि माग गर्नु भएको हो ।

प्रदेश सभा नियमावली अनुसार प्रदेशसभा २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा बैठक बोलाउनु पर्ने कानूनी प्रावधान रहेको छ । मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलका विरुद्धमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउका लागि सात दलबाट माग भएको छ ।

सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउनका लागि आफूहरूले प्रदेशसभा बैठक बोलाउन माग गरेको विपक्षी दलका नेताहरूले जनाएका छन् ।

प्रदेशसभा बैठक बोलाउनका लागि माग गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टी रहेका छन् ।

यसैबीच कर्मचारीहरू माथि सभामुखको चर्को दवाव रहेको कारणले सचिव सहितका अधिकांश कर्मचारीहरू बाहिर रहेका छन् । यसै बीच एक जना कर्मचारीले आफूहरूलाई सुरक्षा दिएको खण्डमा बैठक बोलाउने बताउनु भयो ।

  himalayanvoice.com | ३ मंसिर २०८२, मंगलवार १२:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online