ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

जेन्जी आन्दोलनका घाइतेहरूलाई तत्काल १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको आन्दोलनका घाइतेका लागि तत्कालका लागि १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका २ हजार ४ सय २९ जनालाई तत्कालका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।

यस्तै बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेको पुनः संरचनाका लागि सुझाव दिन प्रकाशजंघ केसीको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको मन्त्री खरेलले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले माथिल्लो मुस्ताङ क्षेत्रमा पदयात्रामा जाने विदेशी नागरिकको पदयात्रा अनुमति दस्तुर प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर कायम हुनेगरी अध्यागमन नियमावली २०५१ को अनुसूची १२ को हेरफेर गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्यान्ड सरकारबाट प्राप्त हुने करिब २ दशमलव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने, शहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई तोक्ने लगायतका निर्णयहरू गरेको मन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।

  himalayanvoice.com | ३ मंसिर २०८२, मंगलवार १२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online