ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

काँग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि

काठमाडौं । विशेष महाधिवेशन पक्षधर नेपाली काँग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले बिहीवार काठमाडौंमा भेला गरी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुनेगरी आएको प्रतिक्रिया दिएका हुन् ।

नेता जगदीशश्वर नरसिंह केसीले सो कार्यतालिका कार्यान्वयन नहुने भएकाले आफूहरुले पुस २८ गते भित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने समेत बताए ।

उनले षड्यन्त्रमूलक ढंगले आएको सो कार्यतालिकाअनुसार महाधिवेशन नहुने भएकाले विशेष महाधिवेशन गर्नेगरी आफूहरुले तयारीको कामलाई अघि बढ्नुपर्ने जिकिर गरे । ‘षड्यन्त्रमूलक ढंगले यो कार्यतालिका आएको छ । यो कार्यतालिका कहीँ पनि प्रभावित भयो । १६ गते प्रभावित नहुन सक्छ । १८, २० वा २२ गतेतिर प्रभावित हुन खोज्यो भने विशेष महाधिवेशनलाई जतिखेर पनि क्रियाशील बनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्छ । यो चाँही हामीले महामन्त्रीलाई भेटेर फेरी पनि हामीले भन्नुपर्छ । त्यो कार्यतालिका प्रभावित भयो भने २८ गते भित्र हाम्रो विशेष महाधिवेशन बस्ने हो । विशेष महाधिवेशन हुनुपर्छ । त्यसका लागि हामी सबै तयार हुनुपर्छ’ उनले भने ।

काँग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठले संस्थापन पक्षले आफूहरुको विशेष महाधिवेशन तुहाउने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै आपत्ति जनाए । उनले नियमित महाधिवेशन भन्ने कुरालाई अंगालेर विशेष महाधिवेशन पक्षहरु आफैँले गल्ती गरेको समेत बताए । ‘हाम्रो विशेष अधिवेशनको तालिका छदैछ । त्यो गर्छौं भनेर हामी आत्माविश्वासका साथ अघि बढेका पनि छौ । तर वडा अधिवेशनबाट चुनिएर प्रतिनिधिहरु आएपछि हामी आधिकारिक हौ भन्ने हुन्छ । हाम्रो विशेष महाधिवेशनको माग पनि तुहिन्छ । त्यसैकारण मेरो अनुरोध मैले शुरुमा पनि भनेको थिए–हामीले नियमित भन्न हुँदैन थियो’ उनले भने ।

सभापति श्रेष्ठले नयाँ क्रियाशील सदस्यता वितरणको कामले घोषित कार्यतालिकाअनुसार महाधिवेशन हुन नदिने भएकाले आफूहरुले विशेष महाधिवेशन नै गरेर अघि बढ्ने गरी तयारी गर्नुपर्ने बताए ।

  himalayanvoice.com | १९ मंसिर २०८२, बिहीबार १२:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online