ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

प्रतिनिधि सभा निर्वाचन : झापा ५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस

दमक । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले झापाले क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ । शनिबार बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले यस्तो निर्णय गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनु भयो ।

कार्कीका अनुसार शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यो सिफारिसँगै ओली दुई संविधानसभा र पाँच प्रतिनिधिसभा गरेर सातौं पटक चुनाव लड्दै हुनु हुन्छ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष अघिल्लो २०७९ निर्वाचनमा झापा ५ बाट फराकिलो मतान्तरले विजयी बन्नु भएको थियो । उहाँ निकटतम प्रतिद्वन्द्वी भन्दा २८ हजार ५७६ मतान्तरले विजयी बन्नु भएको हो ।

उहाँ २०४८ मा बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभयो भने २०५१ को मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनु भएको थियो । अध्यक्ष ओली २०५६ मा झापा–६ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भयो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित भएका अध्यक्ष ओली २०७० मङ्सिरमा भएको निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

  himalayanvoice.com | १९ पुष २०८२, शनिबार १२:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online