ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

प्रतिनिधि सभा निर्वाचन : झापा ५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस

दमक । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले झापाले क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ । शनिबार बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले यस्तो निर्णय गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनु भयो ।

कार्कीका अनुसार शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यो सिफारिसँगै ओली दुई संविधानसभा र पाँच प्रतिनिधिसभा गरेर सातौं पटक चुनाव लड्दै हुनु हुन्छ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष अघिल्लो २०७९ निर्वाचनमा झापा ५ बाट फराकिलो मतान्तरले विजयी बन्नु भएको थियो । उहाँ निकटतम प्रतिद्वन्द्वी भन्दा २८ हजार ५७६ मतान्तरले विजयी बन्नु भएको हो ।

उहाँ २०४८ मा बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभयो भने २०५१ को मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनु भएको थियो । अध्यक्ष ओली २०५६ मा झापा–६ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भयो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित भएका अध्यक्ष ओली २०७० मङ्सिरमा भएको निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

  himalayanvoice.com | १९ पुष २०८२, शनिबार १२:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online