ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देश प्रेमको भावना विकासमा प्रेरित गर्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देश प्रेमको भावना विकासका लागि प्रेरित गर्ने बताउनुभएको छ । 

पार्टीद्वारा ३०४ औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शाहले मुलुकको एकीकरणमा पुर्‍याएको योगदानलाई सम्झनुका साथै उहाँको आदर्शबाट पाठ सिकेर देशलाई सुदृढ राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सबै नेपालीहरूले आफ्नो इतिहासको सम्मान गर्दै राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न पृथ्वी जयन्तीलाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो । “देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको पक्षलाई संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ । शाहको दूरदर्शी सोच र अदम्य साहसबाट सिक्दै सामाजिक, आर्थिक रूपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिलाई थप सुदृढ बनाउन लाग्नुपर्छ । ”

कार्यक्रमका अवसरमा आयोजित चियापानमा प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको राप्रपाले जनाएको छ ।

  himalayanvoice.com | २७ पुष २०८२, आईतवार १३:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online