ट्रेण्डिङ्ग:
|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै|नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान|बेलायत र फ्रान्सेली सरकारद्वारा इङ्लिस च्यानल हुँदै आप्रवासी क्रसिङ रोक्न ३ वर्षे सम्झौतामा हस्ताक्षर|डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ गठन |कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता|प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा र प्रादेशिक पुरस्कार घोषणा|प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

उम्मेदवारको टिकटमा खड्काको हस्ताक्षर हुनु पर्ने गगन पक्षको अडान विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आगामी निर्वाचनका उम्मेदवारको टिकटमा कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको हस्ताक्षर हुने पर्ने अडान अघि सारिएपछि अबेर रातिसम्म भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

संस्थापन र विशेष महाधिवेशन पक्षधर विच मंगलबार दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफल विना निष्कर्ष टुंगिएको हो ।

छलफलमा सहभागी एक नेताका अनुसार आज रातिको छलफल टुंगोमा पुग्ने सकेन । छलफल जारी राख्ने र भोलि बिहानै छलफल सुरु गर्ने गरी छलफल टुंगिएको छ ।

विशेष महाधिवेशन पक्षधर नेताले महाधिवेशन प्रतिनिधिहरुलाई धेरै दिन काठमाडौँ राख्न नसकिने भन्दै भोलि बिहानसम्मको डेड लाइन दिएको बताइएको छ ।

संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरुको छलफलमा संस्थापन समूहबाट नेताद्वय बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए । विशेष महाधिवेशन समूहबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य थिए । त्यस्तै शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी थिए ।

विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएको छ ।

  himalayanvoice.com | २९ पुष २०८२, मंगलवार १३:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online