ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

प्रधानमन्त्रीको प्रेस सल्लाहकार रावल नियुक्त

काठमाडौँ । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनु भयो ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले भन्नु भयो, ‘सम्माननीय प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।’

यसअघि रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजक नियुक्त हुनु भएको थियो । नेपाल खबर डटकमका सम्पादक रावल राजीनामा दिएर प्रधानमन्त्रीको संयोजक हुनु भएको हो ।

दृष्टि साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गर्नु भएका रावलले नेपाल एफएम हुँदै कान्तिपुरको नेपाल म्यागजिन, कान्तिपुर टेलिभिजनमा समाचार को–अर्डिनेटर र ग्यालेक्सी फोरके टेलिभिजनको सम्पादक भएर काम गर्नु भएको थियो । पत्रकारिता क्षेत्रमा झन्डै दुई दशक काम गर्नु भएका रावल २०४० सालमा बाजुराको मार्तडीमा जन्मनु भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नु भएका रावलले कानुनमा समेत स्नातक गर्नु भएको छ ।

  himalayanvoice.com | २९ पुष २०८२, मंगलवार १३:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online