ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

टुँडिखेलमा थारू समुदायको माघी

काठमाडौँ । आज माघे सङ्क्रान्ति पर्व देशभर विभिन्न मुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सकराती पनि भन्ने गरिन्छ । यो पर्वका अवसरमा थारु समुदायले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम गरेर मनाएका छन् ।

थारू समुदायको सबैभन्दा ठुलो पर्व हो ‘माघी’ । यसलाई ‘माघ, माघी, खिचरा, तिलासङ्क्रात, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिलासङ्क्राइत’ भन्छन् । कपिलवस्तु–चितवनका थारूले खिचरा पर्व भन्छन् । दाङपश्चिमका थारूले माघी भन्छन् । ठाउँ अनुसार यस पर्वलाई आफ्नै शैलीमा मनाइने गरिन्छ।

थारू समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारू समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।

  himalayanvoice.com | २ माघ २०८२, बिहीबार १५:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online