ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

स्वास्थ्य बिमाको दुरुपयोग रोक्न नीतिगत सुधार आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा प्रणालीमा लक्षित वर्गका सेवाग्राहीलाई अपेक्षित सुविधा सुनिश्चित गर्न नियमपूर्वक एक द्वार प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज स्वास्थ्य बिमा बोर्डको वर्तमान अवस्था तथा भावी मार्गचित्र सम्बन्धी छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा सुविधामा गरिब, असहाय, निमुखा र वृद्धवृद्धालाइ प्राथमिकता दिनुपर्ने र यस सुविधाको दुरुपयोग रोक्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले बिमा सम्बन्धी सेवाग्राहीका समस्याहरू समाधान गर्न आवश्यक नियम–कानुन तयार गर्ने प्रक्रिया अघि बढिरहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोत सुनिश्चित नगरी नागरिकलाई असीमित सुविधा उपलब्ध गराउँदा राष्ट्रमाथि थप आर्थिक भार परेको बताउनुभयो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा कृष्ण प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि छब्बीस अर्ब बाउन्न करोड भुक्तानी बाँकी रहेको जानकारी गराउनुभयो ।

कार्यकारी निर्देशक पौडेलले थप स्रोत जुटाउन तीनै तहका सरकारबाट अनुदान सुनिश्चित गरी भुक्तानी बढाउन सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा सहभागी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठ र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले स्वास्थ्य बिमा सेवाको दोहोरो लाभ लिने व्यवस्था रोक्नुपर्ने र नागरिकमा अनावश्यक अपेक्षा नबढाई सेवा प्रवाहको वास्तविक क्षमताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

  himalayanvoice.com | २२ माघ २०८२, बुधबार १४:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online