ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

टेक्सासको बाढीमा ज्यान गुमाउनेको संख्या ८२ पुग्यो, ४१ जना अझै बेपत्ता

टेक्सास । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ८२ पुगेको छ । मृतक मध्ये २८ जना बालबालिका रहेका छन । बाढीमा परेर ४१ जना अझै बेपत्ता रहेका छन । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन ।

केन्द्रीय टेक्सासमा शुक्रबार बिहान भीषण बाढीपछि कम्तीमा ८२ जनाको ज्यान गएको पुष्टि भएको र अझै ४१ जना बेपत्ता भएका हुन ।

सबैभन्दा धेरै ६८ जनाको मृत्यु केर काउन्टीमा भएको छ । जसमा २८ जना बालबालिका छन् । यहाँको ग्वाडालुपे नदीको किनारमा रहेको ख्रीष्टियन बालिकाहरूको शिविर ‘क्याम्प मिस्टिक’ बाढीले बगाउँदा यो भयावह अवस्था सिर्जना भएको हो । शिविरबाट १० बालिकाहरू र एक काउन्सलर अझै बेपत्ता छन्।

पुनः भारी वर्षा हुने पूर्वानुमानले उद्धार कार्यमा थप कठिनाइ आउने देखिएको छ । उद्धारकर्ताहरू अहिले दलदल र भग्नावशेषबाट मानिसहरूको खोजीमा सर्पजस्ता विषालु जनावरको समेत सामना गरिरहेका छन्।

  himalayanvoice.com | २३ असार २०८२, सोमबार १७:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online