ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

शरणार्थी आवेदन रोक्ने ट्रम्पको प्रयास अदालतबाट अस्वीकार

वाशिङ्टन डिसी । ट्रम्प प्रशासनले दक्षिणी सीमाना पार गरेर शरण माग्ने व्यक्तिहरूलाई पूर्ण रूपमा प्रवेश निषेध गर्न नसक्ने वाशिङ्टनका एक संघीय न्यायाधीशले बुधबार फैसला गरुेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो दिनमा यस्तो नीति लागू गरेका थिए ।

न्यायाधीश रान्डोल्फ डी मसले १२८ पृष्ठको आफ्नो रायमा संविधान र संघीय आप्रवासन कानूनले राष्ट्रपतिलाई उनले दावी गरेको व्यापक अधिकार प्रदान नगर्ने उल्लेख गरेका छन् । सरकारले अमेरिकाका गैरकानूनी प्रवेश रोक्न र शरण दावीको भारी ब्याकलगको निर्णय गर्न ठूलो चुनौतीहरूको सामना गरिरहेको भने अदालतले स्वीकार गरेको छ। तर संविधान र शरणार्थीहरूलाई नियमन गर्ने वर्तमान कानूनले राष्ट्रपति वा उनको प्रतिनिधिलाई वैकल्पिक आप्रवासन प्रणाली अपनाउने अधिकार प्रदान नगर्ने न्यायाधिसको फैसलामा उल्लेख छ ।

आप्रवासी अधिकार समूहहरूले मुद्दा दायर गर्दै ट्रम्प प्रशासनले शरण प्रणालीलाई नियमन गर्ने कानून बनाउने कांग्रेसको शक्तिलाई हडपेको तर्क गरेका थिए । शरण दावी बिना नै अमेरिकाबाट हटाइएका वा हिरासतमा राखिएका एक दर्जनभन्दा बढी व्यक्तिहरूको तर्फबाट कानूनी चुनौती ल्याइएको थियो ।

 

  himalayanvoice.com | २३ असार २०८२, सोमबार १७:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online