निकै व्यङ्ग्यात्मक गाईजात्रा ड्याम ड्याम

काठमाडौँ । हरि ओम विष्णु विष्णु — नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु !

यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ड्याम ड्याम को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ।

जसो जसो जजमान, त्यसो त्यसो स्वाहा भन्दै श्राद्धब्रह्मणको भेषमा देखिएका रुपाखेती, संसदमा बोल्न नसक्ने नेता, निदाउने नेता र उफ्रिने नेतामाथि तिखो कटाक्ष गर्दै सिस्नु पानीले हान्नु नम ! भन्न समेत पछि परेका छैनन्।

रुपाखेतीका अनुसार, ‘ड्याम ड्याम’केवल हाँसोको लागि होइन, राजनीतिक चेतना र दलगत स्वार्थविरुद्धको व्यंग्यात्मक घनघोर प्रहार हो। व्यंग्यत्मक प्रस्तुतिमार्फत नेपालका नेतादेखि दलगत प्रवृतिमाथि तिखो प्रहार गरिएको छ । नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो यो, उनी भन्छन्।

दमन रुपाखेतीले निर्देशन गरेका उक्त गाइजात्रे भिडियोमा दमन रुपाखेतीसँगै उत्तम अर्याल कोदेु, मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतको अभिनय देख्न सकिन्छ ।

निर्माता दिलिप ढकाल रहेको यस भिडियो सागर खड्काले खिचेका हुन् भने सम्पादन सुस्मा जिम्वाले गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×